काठमाडौँ । आगामी साउन १ गतेदेखि विदेशबाट आयातित सम्पूर्ण तयारी वस्तुको प्याकेजिङमा लेवलिङ लाग्ने भएको छ । पैठारी हुने तयारी माल बस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता माल वस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने व्यवस्था सरकारले गरेको हो । यस्तो व्यवस्था अटो स्पेयर पार्टसस्हरुमा समेत लागू हुने भएपछि नाडाले चिन्ताले चिन्ता व्यक्त गरेको छ । शुक्रवार अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको नाडाका प्रतिनिधिहरूले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटी स्पेयर पार्टहरूको सन्दर्भबारे जिज्ञासा राखेका हुन् । साउन १ गतेदेखि पैठारी हुने तयारी माल बस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता माल वस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने भन्ने विषयमा अटो स्पेयर पार्टस्हरुमा कार्यान्वयन कठिन हुने नाडाको भनाइ छ । छलफलमा अध्यक्ष थापाले सो व्यवस्था सम्बन्धमा जिज्ञासा राख्दै उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको हो ? प्रस्ट नभएको र अटोमोवाइल स्पेयर पार्टसका कतिपय वस्तुहरूमा यस्तो व्यवस्था लागु गर्न कठिनाइ हुने बताएका छन् । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले त्यसको कार्यान्वयनमा आउने व्यवहारिक समस्या र अप्ठ्याराहरूबारे जिज्ञासा राखेका छन् । प्रतिउत्तरमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले वैद्य व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्नकै लागि यस्तो व्यवस्था गरिएको बताए । उनले सो अटोमोबाइल्स स्पेयर पार्टस्हरुमा समेत लागू हुने बताए । अटोमोबाइल्स स्पेयर पार्टसका केही वस्तुहरूमा यस्तो व्यवस्था गर्न कठिनाइ हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधि समेत ल्याउन लागेको उनले जानकारी दिए । यसै अवसरमा महानिर्देशक पाैडेलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नुपर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरूलाई कुने अप्ठेरो र झन्झट नहुने समेत प्रस्ट पारे ।
स्पेयर पार्टसमा पनि लेवलिङ अनिवार्य, नाडाद्वारा चिन्ता व्यक्त

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
प्रतिक्रिया
सम्बन्धित लेख

अटोमोबाइलमा एमआरपी स्टिकरबारे सरकार–नाडा छलफल, कार्यान्वयनमा व्यावहारिक चुनौती

निजी क्षेत्रको मनोबल र लगानीको वातावरण सम्बन्धमा नाडाको धारणा

बागमती प्रदेशका मुख्यमन्त्री र नाडाका अध्यक्षबिच भेटवार्ता, ट्रायल सेन्टरमा संयुक्त पहल

यस्तो छ नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति

नीतिगत अस्पष्टताले अटोमोबाइल क्षेत्र दबाबमा, सरकारसँग सहुलियतको अपेक्षा (भिडियो सहित)

नाडाका नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न
विशेष समाचार

भारतसँगका समझदारी कार्यान्वयनमा आशंका, बालेन सरकारलाई अर्थविद्को सुझाव

सुनको मूल्य २ लाखसम्म आउन सक्ने, यस्तो छ पूर्वअध्यक्ष शाक्यको विश्लेषण
सुनको मूल्य किन घटिरहेको छ? अझै कति तल झर्ला? बजार विश्लेषण
नेपालमै बन्छन् विश्वस्तरीय सफ्टवेयर, तर नेपाली बजारमै छैन पर्याप्त प्रयोग!

सुनको मूल्यमा किन आइरहेको छ लगातार पहिरो? अझै कति घट्ला?
























