National life

ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरु हुने

यससँगै देशभर गाडीको आपूर्ति र डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
११ दिन अगाडि|२३ भदौ २०८३, मङ्गलबार
1.4kShares
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरु हुने
ncell

काठमाडौं । नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले ओमोडा र जेइकुका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै सफलतापूर्वक डिस्प्याच गरिएको जनाएको छ। डिस्प्याच गरिएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुग्ने क्रममा रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हालै आएको विनाशकारी बाढीका कारण रसुवागढी नाकातर्फको सडक मार्गमा उत्पन्न अवरोधका कारण ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको हो। यससँगै देशभर गाडीको आपूर्ति र डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

NAIMA Mobility Expo तथा NADA Auto Show 2026 मा ओमोडा र जेइकुका गाडीप्रति देखिएको उल्लेखनीय ग्राहक आकर्षण तथा बुकिङपछि नयाँ गाडीहरू अहिले छिट्टै ग्राहकलाई डेलिभरीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। ओमोडा र जेइकुको उत्पादन पोर्टफोलियोमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट तथा उन्नत सुरक्षा प्रविधिको संयोजन रहेको छ। OMODA E5 र E5 Pro मा १९१ एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, Level 2.5 ADAS, भेन्टिलेटेड, हिटेड तथा मसाज सिट र प्रिमियम इन्टेरियरजस्ता सुविधाहरू रहेका छन्।

त्यस्तै, JAECOO J5 र J5 Pro मा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटरको बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिटजस्ता सुविधा उपलब्ध छन्। यसैगरी, JAECOO J6T ले २२५ एमएमको सेग्मेन्टमै उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ४३१ किलोमिटरसम्मको रेन्ज, ६५.६९ kWh ब्याट्री तथा १३५ kW मोटर प्रदान गर्दछ। यी विशेषताले J6T लाई शहरी यात्रादेखि साहसिक तथा लामो दूरीको ड्राइभिङसम्मका लागि उपयुक्त बनाउने कम्पनीको विश्वास छ।

देशभर वितरणका लागि गाडीहरू डिस्प्याच भइसकेसँगै यसअघि ओमोडा तथा जेइकुका गाडी बुकिङ गरेका ग्राहकहरूले छिट्टै आफ्नो गाडी प्राप्त गर्न सक्नेछन्। साथै, नयाँ ग्राहकहरूले नजिकको आधिकारिक ओमोडा तथा जेइकु डिलरशिपमा पुगेर उपलब्ध मोडल, विशेषता तथा मूल्यबारे जानकारी लिनुका साथै आफ्नो रोजाइको गाडी बुकिङ गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?