National life

गभर्नर पौडेल र नाडा अध्यक्षबीच भेटवार्ता, अटोमोबाइल क्षेत्र सुधारका लागि सुझाव पेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
1.5kShares
गभर्नर पौडेल र नाडा अध्यक्षबीच भेटवार्ता, अटोमोबाइल क्षेत्र सुधारका लागि सुझाव पेश
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त बीच आज नेपाल राष्ट्र बैंकमा भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा अध्यक्ष चौधरीको नेतृत्वमा गएको नाडाको प्रतिनिधिमण्डलले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित मौद्रिक नीतिमा आवश्यक सुधारको माग गर्दै पाँच बुँदे सुझाव पेश गरेको छ।

अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योग वित्त, नीति र व्यवहारबीचको सन्तुलनमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै तत्काल कार्यान्वयन गर्न सकिने सुझावहरू प्रस्तुत गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले अटो उद्योगले देशको राजस्व, रोजगारी र दिगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे।

एक वर्षअघि राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय गरे पनि बैंकहरूबाट व्यावहारिक रूपमा कर्जा प्रवाह रोकिएको भन्दै तत्काल कार्यान्वयन सुनिश्चित गर्न माग गरिएको छ ।

हालको ५०% सीमाले ग्राहक र व्यवसाय दुवैलाई अवरोध गरिरहेको भन्दै सम्पूर्ण अटो सेग्मेन्टका लागि LTV बढाउन सुझाव दिइएको छ। कडा नियमले मध्यम वर्गीय ग्राहकलाई ऋण लिन कठिन भएको भन्दै व्यवहारिक Debt-Service-to-Income अनुपातमा लचकता ल्याउन जोड दिइएको छ।

वातावरणीय लक्ष्य हासिल गर्न विशेष कर्जा सुविधा, पुनःवित्तीयन र प्रोत्साहन कार्यक्रम ल्याउन सिफारिस गरिएको छ। निश्चित डिलर सम्बद्ध बैंकबाट मात्र ऋण लिन दबाब दिने चलन रोक्न कडा नियमन गर्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ।

भेटका क्रममा नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले दीर्घकालीन आर्थिक नीति निर्माणका लागि राष्ट्र बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रस्ताव गरेका थिए।

गभर्नर डा. पौडेलले नाडाको सुझावहरूलाई गम्भीरतापूर्वक लिइने र आवश्यक समन्वय तथा छलफल गरिने आश्वासन दिएका छन्। कार्यक्रममा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, सदस्यहरू यमुना श्रेष्ठ र दिपेन्द्रकुमार मिश्रको पनि उपस्थिति रहेको थियो।
















# करण चौधरी# गभर्नर# गभर्नर डा. विश्वनाथ पौडेल# नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?