काठमाडौं–हालसालै नेपाली बजारमा प्रवेश गरेको प्रख्यात चिनियाँ ईभि ब्राण्ड जिली ईएक्स५ ले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । नेपालमा सार्वजनिक भएको केवल दुई महिनामै गाडी बुकिङ र टेष्ट ड्राइभ गर्न चाहने ग्राहक तथा उपभोक्ताहरुको भीडले यसलाई पुष्टि गरेको कम्पनीले जनाएको छ ।
काठमाडौं लगायत पोखरा र विराटनगरबाट समेत आएका ग्राहकले गैरीधारा शोरूममा जिली ईएक्स५ लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा ईएक्स५ मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयुभी देखेर चकित परेको कम्पनीले दाबी गरेको छ ।
‘हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं,’ एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले बताए । ‘शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता— यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन्’ उनले भने ।
श्रेष्ठका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले ईएक्स५ को स्मुथ परफर्मेन्स र भविष्य केन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई नेपालले कुरिरहेको ईभीको संज्ञा दिएका छन् ।
धेरै ग्राहकहरूले ईएक्स५ को रेन्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयुभी मध्ये एकको उपमा दिएको श्रेष्ठले बताए ।
‘जिली ईएक्स५ प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो,’ एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले भने, ‘हामीले पाएको जिली ईएक्स५ प्रतिको उत्साह र स्विकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ ।’
उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ । हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ, साथै शनिवार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ ।



































