National life

टाटा मोटर्सको 'शानदार दशैं तिहार अफर': टाटाका गाडीमा विशेष छुट र सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०८ असोज २०८२, बुधबार
1.2kShares
टाटा मोटर्सको 'शानदार दशैं तिहार अफर': टाटाका गाडीमा विशेष छुट र सुविधा
ncell

काठमाडौं ।  नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ग्राहकलाई खुशी र उत्साह थप गर्ने उद्देश्यसहित  ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ। कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय र्इलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाडपर्वको रमाइलो माहोलमा ग्राहकहरूले टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडीहरू छनौट गर्न सक्नेछन्, जसले यात्रामा नयाँ अनुभव, सहजता र आधुनिकतासहितको आत्मविश्वास दिलाउनेछ । त्यस्तै, पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा विशेष अफरहरु रहेको छ।

इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकका लागि जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा उपलब्ध गराइनेछ। यससँगै निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुटको सुविधा पाउनेछन्। साथै लक्की ड्रमार्फत  भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने बम्पर पुरस्कार पनि पाउनेछन्।

त्यस्तै, पेट्रोल र डिजेलका गाडीहरू रोज्नेहरूका लागि पनि उत्तिकै आकर्षक अफरहरू छन्। टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आइस मोडेलमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्नो देशभर रहेका सबै शोरुममार्फत यो अफर उपलब्ध गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?