National life

दुई महिनामा १५ सय बढी ईभी आयात हुँदा २ अर्ब बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
1.6kShares
दुई महिनामा १५ सय बढी ईभी आयात हुँदा २ अर्ब बढी राजस्व संकलन
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ पहिलो दुई महिनामा विभिन्न देशहरुवाट १ हजार ६ सय २ युनिट विद्युतीय सवारी साधन(ईभी) आयात भएका छन् ।

भन्सार विभागको तथ्यांकका अनुसार गत आर्थिक वर्षको सोहि समयको तुलनामा विद्युतीय सवारी साधनको आयात १७८ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–८१ को पहिलो २ महिनाको अवधिमा ८ सय ९८ युनिट विद्युतीय सवारी आयात भएको विभागको तथ्याङकमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो महिनामा ३ सय ८१ युनिट र भदौमा १ हजार २२१ युनिट ईभी आयात हुदा गत आर्थिक वर्षको पहिलो महिना साउनमा १ सय १० युनिट र भदौमा ७ सय ८८ युनिट ईभी आयात भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा बिद्युतीय सवारी भित्र्याउनमा ठूलो हिस्सा चिनले ओगटेको छ । चालु आर्थिक वर्षमा १ हजार ६ सय २ वटा युनिट ईभी आयात हुँदा चीनबाट मात्रै १ हजार १ सय २५ युनिट आयात भएको छ । यस्तै भारतबाट ४ सय ७५ युनिट आयात भएको छ । नेपालमा ईभी अमेरिका, जर्मनबाट समेत आयात हुने गरेको छ ।

चालु आवको दुई महिनामा ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ वरावरको विद्युतीय सवारी साधन आयात हुँदा सरकारले २ अर्ब ३१ करोड २२ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएपनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुनसकेको छैन् ।

आर्थिक वर्ष २०८०–८१ को सरकारको नीति तथा कार्यक्रममार्फत पेट्रोलियम पदार्थ माथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ । यस्तै सन् २०३० सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापित गर्ने लक्ष्य सरकारको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?