National life

नेपालमै पहिलो पटक हाइड्रोजन कार र रिफ्युलिङ स्टेसन सञ्चालन, प्रधानमन्त्रीद्वारा उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ भदौ २०८१, शुक्रबार
700Shares
नेपालमै पहिलो पटक हाइड्रोजन कार र रिफ्युलिङ स्टेसन सञ्चालन, प्रधानमन्त्रीद्वारा उद्घाटन
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् ।

विश्वविद्यालयको २९औँ दीक्षान्त अघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले विश्वविद्यालयले सञ्चालन गरेको ग्रिन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेसन निकै अनुकरणीय कार्य भएको भन्दै अरूले पनि यस्तो कार्य गर्नुपर्ने बताए ।

‘२०१८/१९ मा म प्रधानमन्त्री भएका बेलामा ग्रिन हाइड्रोजन, हावाबाट बिजुली निकाल्ने लगायत विषयको कल्पना तथा अध्ययन गरेको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले त्यति बेला बोलेको कुरा आज काठमाडौं विश्वविद्यालयले सुरु गरेको छ, निकै नै राम्रो कामको सुरुवात भएको छ, काठमाडौं विश्वविद्यालय सँगसँगै अब अरूले पनि यस प्रकारका कार्य गर्न अघि सर्नुपर्छ ।’

यस्तै, विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं एसोसिएट प्रोफेसर विराजसिंह थापाले विश्वविद्यालयको ग्रिन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेसनले सफलतापूर्वक परीक्षण सम्पन्न गरी हाइड्रोजन कारमा रिफिल गर्न थालेको छ।

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?