National life

बजाज मोटरसाइकल एक्सचेन्ज अफर: जुनसुकै ब्रान्डका मोटरसाइकलसँग साटफेर गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
595Shares
बजाज मोटरसाइकल एक्सचेन्ज अफर: जुनसुकै ब्रान्डका मोटरसाइकलसँग साटफेर गर्न सकिने
ncell

काठमाडौं।नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाट गर्न सकिनेछ ।

एक्सचेन्ज अफरमा तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रमअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यो योजना यही कार्तिक ८ गतेदेखि सुरु भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै यो योजना सुरु गरेको जानकारी दिए । भण्डै ८० भन्दा धेरै देशमा बजाजले लोकप्रियता हासिल गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?