National life

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ चैत २०८१, शुक्रबार
835Shares
साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा
ncell

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन – सीबीसीएफले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ ।

नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल हो । विश्व जलचर जनावर दिवस अर्थात वर्ल्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबार ९सन् २०२५ अप्रिल ३० मा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रुपमा लन्च गरियो, जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद र सामुदायिक अगुवाहरुलाई एकै स्थानमा ल्याउने छ ।

गंगा नदी डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ । नेपालमा बीवाईडी डल्फिन ईभी लोकप्रिय छ ।

बीवाईडी डल्फिन ईभी र यही नामको जीवको संरक्षण बिचको उल्लेखनिय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको छ ।

इभेन्टका मुख्य आकर्षणहरु

सीबीसीएफ प्रोजेक्ट डल्फिन लन्चको अवसरमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसन विषयमा प्यानल डिस्कसन सम्पन्न भयो । मिडियाकर्मी अभय राज जोशी मोडरेटर रहेको सो प्यानल डिस्कसनमा प्यानलिस्टको रुपमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत तथा नेसनल जियोग्राफिक अनुसन्धानकर्ता र जुलोजिकल सोसाइटी अफ लन्डनको भ्म्न्भ् प्रोग्रामका फेलो अम्बिका प्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयबाट मर्करी पोलुसन इन अक्वाटिक इकोसिस्टममा विशेषज्ञता प्राप्त गरिरहेका प्राध्यापक छत्रमान शर्मा, पीएचडी तथा जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक एवम् जनावर अधिकार तथा वातावरणीय न्याय अभियन्ता सृष्टि सिंह भण्डारी र फ्रेसवाटर, डब्लुडब्लुएफका प्रोग्राम एसोसिएट तथा अक्वाटिक इकोसिस्टम विशेषज्ञ आशीष कपाली सहभागी थिए ।

सो इभेन्टको अवसरमा वन्यजन्तु संरक्षणमा उनको दशकौं लामो योगदानका लागि ‘गुलेली बाजे’ को नामले परिचित ९१ वर्षिय भोजराज श्रेष्ठलाई सम्मान गरियो । उनले डल्फिन संरक्षण कार्यका लागि नेपालमै पहिलो प्रयासको नेतृत्व गर्नुभएको थियो । उनले चरा र डल्फिनलाई पुग्ने हानिबाट बचाउनका लागि नेपालभरका बालबालिकाबाट ८ हजार भन्दा बढी गुलेली संकलन गरेका थिए ।

उनले जनचेतना र शिक्षाका लागि डल्फिन संरक्षण केन्द्रको स्थापना गरेका थिए भने उनी ‘मोहना नदीका डल्फिन’ पुस्तक लेखन कार्य गरिछन् । उनी डल्फिन संरक्षण कार्य र सामुदायिक पहलको डकुमेन्टिङ गर्ने कार्यमा समेत संलग्न छन् ।

सो अवसरमा बालबालिकामा सचेतना जगाउने उद्देश्यले बाल पुस्तक ‘डल्फिनको सपना’ समेत लोकार्पण गरिएको थियो । अनुराधाद्वारा लिखित र प्रकाश रञ्जितद्वारा चित्रित सो पुस्तक साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको विद्यालय सचेतना अभियानको एक भाग हो । सो पुस्तकको कभर बीवाईडीका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य र लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सार्वजनिक गरे ।

‘सीबीसीएफ प्रोजेक्ट डल्फिन केवल डल्फिन बचाउने मात्र नभई यो भन्दा धेरै ठूलो कार्य हो । यो डल्फिनका लागि नदी बचाउने, आवश्यक जंगल बचाउने, त्यहाँ बाँचिरहेका जनावर बचाउने र साझा बासस्थानको रुपमा प्रयोग गरिरहेका समुदाय बचाउने कार्य समेत हो । फाउन्डेसनबाट हामीले दिगोपना र वातावरण प्रवर्धनप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनःपुष्टि गरेका छौ ।’ साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने ।

इलेक्ट्रिक मोबिलिटीमा बीवाईडी डल्फिन ईभीले गरिरहेको नवप्रवर्तनलाई नेपालको संरक्षण प्रयाससँग मिलाएर सीबीसीएफ प्रोजेक्ट डल्फिनले दिगो विकास र वन्यजन्तु संरक्षणमा बीवाईडी एक कदम अगाडि बढेको देखाएको छ । नयाँ प्रविधि र संरक्षणलाई जोड्ने कार्यमा अर्थपूर्ण पहल गर्ने कार्यलाई भविष्यमा समेत अझै बढावा दिने कार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनले प्रतिबद्धता व्यक्त गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?