National life

आइएमई खल्तीको सीईओमा रेग्मी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1KShares
आइएमई खल्तीको सीईओमा रेग्मी नियुक्त
ncell

काठमाडौं । आइएमई खल्ती लिमिटेडले प्रविण रेग्मीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा नियुक्त गरेको छ।आज बसेको सञ्चालक समितीको ११ औँ बैठकले रेग्मीलाई आजदेखि लागु हुनेगरी आगामी ४ वर्षको लागी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सीईओको जिम्मेवारी सम्हालेका रेग्मी मर्जरपश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए।

फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभव छ ।

Royal Enfield
nic asia capital
उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। यसअघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भएका छन्।

आइएमई डिजिटल सोलुसन र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?