काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताको अन्तर्राष्ट्रिय संगठनको आह्वानमा असोज १५ देखि असोज २१ गतेसम्म देशभरि विभिन कार्यक्रम आयोजना गरी विश्व लगानीकर्ता सप्ताह–२०२३ मनाएको छ।
सोही अवसरमा आरबीबी मर्चेन्ट बैंकिङले पनि असोज १९ गते चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमाझ लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकको भरतपुरका शाखा प्रमुख सविनराज अधिकारीका साथै अन्य कर्मचारी, वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रा.दयाराम पौडेल, वित्त संकाय प्रमुख डा.
कार्यक्रमको मुख्य वक्ता आरबीबी मर्चेन्टका प्रबन्धक अजय घिमिरे थिए भने अन्तर्क्रिया सत्रलाई लगानी व्यवस्थापनबाट रामनारायण तिवारीले सञ्चालन गरेका थिए। साथै, छलफलमा उठेका जिज्ञासा तथा प्रश्नको जबाफ अजय घिमिरेले दिएका थिए। विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा आयोजित कार्यक्रमले पुँजीबजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नेछ भन्ने विश्वास गरिएको छ।




































