National life

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
486Shares
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहको संस्थापक शेयर बिक्रीमा रहेकाे छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहको सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक समूहको ५० हजार कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य ७११ मा बिक्रीमा राखिएको हो ।

उक्त शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका व्यक्तिहरुले मात्र खरिद गर्न सक्ने बैंकले जनाएको छ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा माथि १०० ले भाग जाने गरी अधिकतममा माथि उल्लेखित सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो शेयर खरिद गर्न इच्छुक योग्य लगानीकर्ताले साउन ३१ गतेसम्म उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र फाराम एनआईसी एशिया क्यापिटल थापाथली वा शाखा कार्यालय विराटनगर, मोरङ, आदर्शनगर–विरगंज, महेन्द्रपुल–पोखरा, श्रवणपथ–बुटवल, हस्पिटल लाइन–धनगढी र विरेन्द्रनगर–सुर्खेतमा बुझाउन बैंकले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?