National life
cg eloctronics

एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेजबीच छुट सुविधा सम्बन्धी सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ साउन २०८२, बुधबार
623Shares
एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेजबीच छुट सुविधा सम्बन्धी सम्झौता
ncell

काठमाडौँ । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच लेमोन ट्री प्रिमियर होटलमा बैंकका ग्राहकलाई विशेष छुट दिने सहमति भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरूले बुढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियर होटलमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा अधिकतम २० प्रतिशतसम्म छुट पाउने छन्।

बैंकका अनुसार ग्राहकहरूले होटलको आवास, खाना तथा पेय पदार्थ सेवामा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशत छुटको लाभ लिन सक्नेछन्।

सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्राहकहरूले आफ्नो डेबिट, क्रेडिट वा प्रिपेड कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गरेपछि छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले बुढानीलकण्ठ हेरिटेजसँगको सहकार्यले ग्राहकलाई सेवा सुविधा थप सहज हुने र देशको डिजिटल भुक्तानी प्रणाली प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?