National life

एभरेष्ट बैंककाे ब्याजदर संशोधन, बचतमा ब्याजदर बढायो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
498Shares
एभरेष्ट बैंककाे ब्याजदर संशोधन, बचतमा ब्याजदर बढायो
ncell

काठमाडौं । एभरेष्ट बैंकले ब्याजदरमा संशोधन गरेको छ । बैंकले आजदेखि लागू हुने गरी आइतबार सार्वजनिक गरेको ब्याजदर राष्ट्र बैंकको नियमभन्दा विपरित भएपछि संशोधन गरेर बढाएको हो ।

नेपाल राष्ट्र बैंकले २०७८ कात्तिक २८ गते जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनाको आधारमा औषतमा १० प्रतिशतमात्रै ब्याजदर तलमाथि गर्न पाउने छन् । बैंकले आइतबार सबै प्रकारका निक्षेप खातामा ब्याजदर घटाएर सार्वजनिक गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले आइतबार प्रकाशित गरेको ब्याजदरमा ९ प्रकारका बचतमा ४.७५ प्रतिशत ब्याज रहेको थियो । सोमबार भने बढाएर ५ प्रतिशत पुर्याएको छ । बैंकले यसअघि असारमा घर दैलो, गोर्खा रेजिमेन्ट, (नर्मले सेभिङ) नर्मल डिपोजिट), जनरल डेलि, सेयर होल्डलर, फ्रिडम सेभिङ, सेभिङ स्टुडेन्ट, मोबाइल एटिएम, सामाजिक सुरक्षा वितरण बचत खातामा आइतबार निकालेको नयाँ ब्याजदरमा ४.७५ प्रतिशत ब्याज दिने भनेको थियो । सोमबार त्यसलाई बढाएर सबै बचत खातामा ५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै कल डिपोजिटको ब्याजदर साउनमा २.५० प्रतिशतमात्रै ब्याज दिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?