National life
cg eloctronics

कामना सेवा विकास बैंकद्वारा भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२७ पुस २०८२, आइतबार
1.5kShares
कामना सेवा विकास बैंकद्वारा भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण
muktinatha bikash bank

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय खुर्खुरे मार्फत राप्ती नगरपालिका–१२ स्थित श्री भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ७० जना विकट क्षेत्रका विपन्न तथा सीमान्तकृत चेपाङ् समुदायका बालबालिकाहरुलाई चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नारायणगढ क्षेत्र प्रमुख भण्डारीले न्यानो कपडा वितरणले बालबालिकाहरुको स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख अतिथिका रूपमा उपस्थित वडा अध्यक्ष अर्जुन प्रजाले बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सम्पूर्ण बैंक परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजाले बैंकले विद्यालयप्रति देखाएको चासो र विद्यार्थीहरूलाई पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै कामना सेवा विकास बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुका साथै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजा, प्रमुख अतिथि राप्ती नगरपालिका–१२ का वडा अध्यक्ष अर्जुन प्रजा, बैंकका कर्मचारीहरु तथा राप्ती नगरपालिकाका सब–इन्जिनियर विजय पौडेल, वडा सदस्य अशोक जिम्बा, स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?