National life

कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
385Shares
कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवद्र्धन गर्न आफ्नो महिला कर्मचारीहरुका साथै ग्राहकहरुका लागी आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान गरेको छ ।

दिगो विकासको लक्ष्य अन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित विभिन्न कार्यालयहरुमा समेत सो भेन्डिङ्ग मसिन जडान गरेको हो ।

उक्त मसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहकले रजश्वलाको वेला उक्त सुविधा सहजै प्रयोग गर्न सकिने गरि विभिन्न कार्यालयहरुमा जडान गरिएको छ ।

बैंकले आफ्ना कार्यालयहरुलाई लैङ्गिकमैत्री वनाउने योजना अनुरुप महिला कर्मचारीहरु त्था ग्राहक महानुभावहरुको स्वास्थ्य सहजताको लागि उक्त मसिनहरु जडान गरिएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि पनि जनस्वास्थ्यको प्रवद्र्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम लगायतका अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

यो समाचार शेयर गर्नुहोस्
385SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?