National life

कृषि विकास बैंकद्वारा भिजा डाइरेक्ट सेवा शुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
570Shares
कृषि विकास बैंकद्वारा भिजा डाइरेक्ट सेवा शुरु
ncell

काठमाडौं । कृषि विकास बैंकले भिजा डाइरेक्ट सेवा ल्याएकाे छ । बैंकले बैदेशिक भुक्तानी तथा विशेष गरी विदेशबाट रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन भिजा डाइरेक्ट सेवा शुरु गरेको हाे ।

यो सेवा कार्यान्वयनमा आएसंगै विश्वभर रहेका भिजा कार्ड होल्डरले आफनो मोवाइल एप मार्फत कृषि विकास बैकको भिसा कार्डमा रहेको १६ वटा नम्वर प्रविष्ट गरेर सो ग्राहकको खातामा सोझै रकम पठाउन सकिनेछ ।

भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सेवा संचालनमा आए पश्चात विश्वभरबाट विना झण्झट सहज र सुरक्षित तरिकाले बैकमा रेमिट्यान्स भित्र्याउन सहज हुने बैकले विश्वास लिएको छ।

बैंककाअनुसार भिसा इन्टनेशनलको भिसा डाइरेक्ट सेवा विश्वका १७९ देश तथा १६० विदेशी मुद्राबाट रकमान्तर गर्न सकिनेछ । यो सेवा बैकल्पिक रुपमा विदेशमा रहेका आफन्तजनहरुबाट नेपालमा रकम स्थानान्तरणका लागि भरपर्दो सेवा हुने बैकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?