National life

गरिमा विकास बैंकद्वारा क्रेडिट कार्डमा ईएमआई सेवा सुरू

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
439Shares
गरिमा विकास बैंकद्वारा क्रेडिट कार्डमा ईएमआई सेवा सुरू
ncell

काठमाडौं । “आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि सुरुवात गरेको छ ।

यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको जनाएको छ । त्यसअन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई ०% ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने जनाएको छ ।

साथै, यदि ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेश गरि यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ ।

Royal Enfield
nic asia capital
आउँदै गरेको बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरुले उक्त सुविधामार्फत लाभ उठाउन सक्ने पनि बैंकले जनाएको छ ।

बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ । गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?