काठमाडौँ। ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश अनुमोदन गर्न साधारण सभाआह्वान गरेको छ।
कम्पनीले मंसिर २५ गते बिहीबारका दिन काठमाडौँको स्मार्ट दरबार शंखपार्कमा आफ्नो बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ।
सभाको मुख्य एजेन्डा हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नु रहेको छ।
यी प्रस्तावहरूका अतिरिक्त, साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डाहरूमाथि छलफल गरी पारित गर्नेछ।
साधारण सभा र प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र कम्पनीको साधारण सभामा भाग लिन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

































