काठमाडौं । सानिमा बैंकले दशैंको अवसरमा दराजसँग सहकार्य गरी ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको छ।
बैंकले सुरु गरेको "दशैं धमाका" योजनाअन्तर्गत दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अग्रिम भुक्तानी गर्ने ग्राहकले छुट पाउनेछन्।
योजना अनुसार, डेबिट कार्ड प्रयोग गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम रु १,००० सम्मको छुट पाउनेछन्। त्यस्तै, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु १,५०० सम्म छुट पाउने व्यवस्था गरिएको छ।
छुट “पहिलो आउनेलाई पहिलो प्राथमिकता” आधारमा उपलब्ध हुनेछ। यो योजना २०८२ भदौ २४ गतेदेखि असोज ७ गतेसम्म लागू हुने सानिमा बैंकले जनाएको छ।
बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै आएको छ। हाल सानिमा बैंकका सातै प्रदेशमा १३४ शाखा तथा १२७ एटीएम सञ्चालनमा छन्।































