National life

प्रभु बैंकका ग्राहकलाई पिजफाइर रेष्टुरेन्टमा छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
485Shares
प्रभु बैंकका ग्राहकलाई पिजफाइर रेष्टुरेन्टमा छुट
ncell

काठमाडौं । प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडकस्थित पिजफाइर रेष्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिजफाइर रेष्टुरेन्टद्धारा प्रदान गरिने “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने छ ।

उक्त सम्झौताअन्तर्गत पिजफाइर रेष्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले बैंकको क्युआर कोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान गरिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?