काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, रेस्टुरेन्ट र अन्य सेवासँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई विभिन्न विशेष छुटको अवसर प्रदान गरेको छ।
यस सहकार्यअनुसार महालक्ष्मी विकास बैंकका डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले साझेदार संस्थाहरुमा छुट प्राप्त गर्न सक्नेछन्। बैंकले मनकामना दर्शन प्रा.लि., समाज डेण्टल हस्पिटल प्रा.लि., मत्सुरी टोकियो प्रा.लि., मंगलम डाईगोनोस्टीक सेन्टर, होटल क्वीक २०, नाईस न्यू होम डेकोर, शुभ काठमाण्डौं टायर सेन्टर, कुलेखानी भिलेज रिसोर्ट, रिगल हेटौंडा रिसोर्ट प्रा.लि., कविलास रिसोर्ट एण्ड फनपार्क जस्ता विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ।
उक्त संस्थाहरुमा ग्राहकहरुले केवलकार टिकट, एक्सरे तथा फार्मेसी सेवा, खाना र पेय पदार्थ, प्याथोलोजी सेवा, आवास सुविधा, कार्पेट तथा फ्लोरिङ्ग सामग्री, टायर, र फनपार्क शुल्कमा ५% देखि २०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यले बैंकका ग्राहकहरुलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास लिइएको छ।
साथै, बैंकले डिजिटल युगसँग नेपाली जनतालाई परिचित गराउने उद्देश्यका साथ विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ। यसैअनुरूप, बैंकले हालै आफ्ना क्रेडिट कार्डधारी ग्राहकहरुलाई ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा लचिलो भुक्तानी सुविधा पनि उपलब्ध गराएको छ। यस योजना अन्तर्गत, ग्राहकहरुले खरिद गरेको टुर प्याकेजको मूल्य ६ देखि १२ महिनासम्मको मासिक किस्तामा भुक्तान गर्न सक्नेछन्।































