National life

माछापुच्छ्रे बैंक ‘पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ मा सहभागी

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२६ मंसिर २०८२, शुक्रबार
839Shares
माछापुच्छ्रे बैंक ‘पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ मा सहभागी
ncell

काठमाण्डौ । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनिकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्ससँग सहकार्य गरेको छ ।

पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स विश्वव्यापी साझेदारीको रुपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढि वित्तीय संस्थाहरूसँग ऋण र लगानीसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जनको मूल्यांकन र सो को विवरण प्रकाशन गर्न एक सामंजस्यपूर्ण दृष्टिकोण विकास र कार्यान्वयन गर्न मुख्य भूमिका खेलिरहेको छ ।

पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सले विश्वव्यापी मान्यता प्राप्त मापदण्ड मार्फत बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्ना वित्तीय क्रियाकलापबाट हुने उत्सर्जन हरितगृह ग्यासको पहिचान गरि भरपर्दो जलवायु रणनीति अपनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

विश्वमा बढ्दै गईरहेको हरितगृह ग्यास र यसबाट भविष्यमा उत्पन्न हुनसक्ने जटिल समस्याका बारेमा सचेत रहेको माछापुच्छ्रे बैंकले पनि पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा सहभागी भएर आफ्नो व्यवसायिक कार्यप्रणाली तथा दीर्घकालीन रणनीतिमा वातावरणीय उत्तरदायित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो कदमले बैंकको जलवायु एजेन्डालाई थप सुदृढ बनाउँदै, वित्तीय क्रियाकलापबाट पर्ने वातावरणीय प्रभाव बुझ्न, जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउन तथा नेपालले लिएको कम–कार्बन उत्सर्जन को नीति तथा जलवायु–लचकदार अर्थतन्त्रतर्फको यात्रालाई सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
839SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?