काठमाडौं । समकालीन समयको चुनौती र सार्वजनिक सुरक्षामा देखिएको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
सुरक्षित समाज निर्माणको साझा दायित्वलाई आत्मसाथ गर्दै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरेको हो ।
बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले एक कार्यक्रमबीच नेपाल प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरंजन थापालाई उक्त दुई थान मोटरसाइकल औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।
बैंकले यो सहयोगबाट नेपाल प्रहरी मार्फत समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानहरूको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा सुशासन कायम राख्ने कार्यमा विशेष योगदान पुग्ने अपेक्षा लिएको छ ।
नेपाल प्रहरी नागरिक सुरक्षामा अग्रपंक्तिमा खटिने महत्वपूर्ण संस्थान भएकाले, यो सहयोगले कार्यसम्पादनलाई केही सहज बनाउन मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।

































