काठमाडौँ । संरक्षकको निधनपछि पोखरास्थित साङ्ग्रिला डेभलपमेन्ट बैंकले बाल बचत खाताधारी बालिकाको परिवारलाई बीमा वापतको तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
दुर्घटनामा परी बालिकाका दाजु तथा संरक्षकको निधन भएपछि बैंकको तालचोक शाखामा बालिकाका र उनकी आमालाई उक्त रकम चेकमार्फत हस्तान्तरण गरिएको हो । बैंकका अनुसार रकम सृष्टि १८ वर्ष पुगेपछि झिक्न मिल्ने गरी मुद्दति खातामा जम्मा गरिएको छ ।































