National life
cg eloctronics

सानिमा बैंकद्धारा ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
688Shares
सानिमा बैंकद्धारा ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी
muktinatha bikash bank

काठमाडौं । सानिमा बैंकले घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको हो ।

बैंकका खातावाला राम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेकी थिइन् ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?