National life

सिटिजन्स बैंकले ऋणपत्र निष्काशन गर्दै, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
614Shares
सिटिजन्स बैंकले ऋणपत्र निष्काशन गर्दै, कहिलेदेखि दिन पाइन्छ आवेदन ?
ncell

काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हाे ।

बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असोज २१ गते हुनेछ भने ढिलोमा कात्तिक १ गते हुनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?