काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।
बैंकले केही संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।
तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


































