National life

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१७ असार २०८३, बुधबार
1.3kShares
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने
ncell

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइन समेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको छ ।

वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि यस बैंकले यस्तो सुरक्षात्मक व्यवस्था मिलाएको हो ।

बैंकका अनुसार ग्राहकहरूलाई कुनै पनि सम्भावित वित्तीय ठगी, अनधिकृत पहुँच वा खाता ह्याक भएको शङ्का लागेमा बैंकको ‘ग्लोबल कनेक्ट’ को आधिकारिक नम्बर ०१-५९७०६०० (वा अन्तर्राष्ट्रिय कलका लागि +९७७-१-५९७०६००) मा फोन गरेर मौखिक रूपमै खाता ब्लक गराउन सक्नेछन् ।

बैंकका अनुसार ग्राहक आफैंले बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत सुरक्षित रूपमा खाता रोक्का गर्न सक्नेछन् ।

यस प्रविधिको मुख्य विशेषता भनेको ग्राहकले एपभित्र पासवर्ड वा जैविक पहिचान हानेर लगइन गरिरहनु पर्दैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एप खोल्नासाथ माथिल्लो दायाँ कुनामा देखिने ‘कल साइन’ मा क्लिक गरी ‘मिसकल बैंकिङ’ भित्र रहेको ‘अकाउन्ट ब्लक बाई मिसकल’ विकल्प छनोट गर्नासाथ बैंक खाता तत्कालका लागि पूर्ण रूपमा रोक्का हुनेछ ।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सम्पूर्ण वाणिज्य बैंकहरूलाई ग्राहक वा खातावालाको मौखिक वा अनलाइन अनुरोधका आधारमा तुरुन्त खाता रोक्का गर्ने व्यवस्था मिलाउन नयाँ निर्देशन जारी गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?