काठमाडौं । ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नगरी साउनकै दरलाई निरन्तरता दिएको हो ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम २.७५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
बैंकका अनुसार व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपमा २.७६ प्रतिशत, १ वर्षदेखि २ वर्षभन्दा कम अवधिमा २.८० प्रतिशत, २ वर्षदेखि ३ वर्षभन्दा कम अवधिमा ३ प्रतिशत, ३ वर्षदेखि ५ वर्षभन्दा कम अवधिमा ३.५० प्रतिशत तथा ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ४ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
त्यस्तै, संस्थागत निक्षेपकर्ताका लागि १ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा २.७५ प्रतिशत ब्याजदर कायम गरिएको बैंकले जनाएको छ ।
बैंकले साउन महिनामा पनि व्यक्तिगत तथा संस्थागत निक्षेपका लागि यही ब्याजदर लागू गरेको थियो ।


































