National life

ग्लोबल आइएमई बैंकको दशैं अफर सार्वजनिक, यस्ता छन् सुबिधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
540Shares
ग्लोबल आइएमई बैंकको दशैं अफर सार्वजनिक, यस्ता छन् सुबिधा
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दसैँको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैँ रमाईलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पस मेसिनबाट भुक्तानी गर्दा तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँ सम्मको नगद फिर्ता हुनेछ ।

उक्त नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले योजना अवधिभर कम्तीमा एक हजार रुपैयाँको ३ वटा कारोबार गरेमा तीन सय रुपैयाँ तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा पाँच सय रुपैयाँको नगद फिर्ताबाट लाभान्वित हुने बताइएको छ ।

उक्त योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् वडा दशैं (दशमी) को दिनसम्म लागू हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफूलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा बैंकको प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्मको नगद छुट पाउने बैंकले जनाएको छ ।

यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?