National life
cg eloctronics

आईपीओ जारी गर्दै पैचो पसलः बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
393Shares
आईपीओ जारी गर्दै पैचो पसलः बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
ncell

काठमाडौं। एनआईसी एशिया क्यापिटल र पैचो पसल बीच पैचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ ।

एनआईसी एशिया क्यापिटलले ुआईडिया टु आईपीओु सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ। सोही सेवा अन्तर्गत सुख्खानगर, बुटवल, रुपन्देहीमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसललाई क्यापिटल उक्त सेवा दिने भएको हो ।

जसमा क्यापिटलले सो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्नको लागि आवश्यक परामर्श तथा सेवा दिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पैचो पसल कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझँ पुर्याउन सफल भएको छ । पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्याउन सफल भएको छ।

कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ । पैचो पसलले आगामी दिनमा सर्वसाधारणहरुमा शेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
393SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?