National life
cg eloctronics

एनआईसी एशिया बैंक को कर्पोरेट कार्यालय कमलादी, काठमाडौँस्थित आफ्नै भवनमा  स्थानान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
560Shares
एनआईसी एशिया बैंक को कर्पोरेट कार्यालय कमलादी, काठमाडौँस्थित आफ्नै भवनमा  स्थानान्तरण
ncell

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँ–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष श्री तुलसीराम अग्रवालज्यूबाट मिति २०८२ ज्येष्ठ १० गते समुद्घाटन सम्पन्न भयो । उक्त पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौँ–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालय लगायत विभिन्न विभागहरू आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरू कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालय स्थानान्तरण भएसँगै आदरणीय ग्राहक महानुभावहरू तथा सरोकारवालाहरूले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरू थप सहजताका साथ प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?