National life

डिप्रोक्स लघुवित्तको वित्तीय विवरण प्रकाशित, हेर्यौ कस्तो छ अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
791Shares
डिप्रोक्स लघुवित्तको वित्तीय विवरण प्रकाशित, हेर्यौ कस्तो छ अवस्था
ncell

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९६ प्रतिशत कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १९.५३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ०.२९ प्रतिशत बढेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ३.६८ प्रतिशतबाट बढेर ५.१४ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जमा ४ करोड ८९ लाख रुपैयाँ व्यवस्था गरेको छ। जसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै १०.९६ प्रतिशत घटेको हो।

१ अर्ब ५५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा २.७९ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ९ अर्ब ४ करोड १२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ९ अर्ब ८३ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ७६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.१९ गुणा रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?