National life

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ साउन २०८१, मङ्गलबार
655Shares
फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौं। फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कमपनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरैले घटेको छ।

कम्पनीले यस अवधिमा १७ करोड ४२ लाख ९० हजार रुपैयाँ कमाएको छ । जुन अघिल्लो आव भन्दा १२.०४ प्रतिशतले थोरै हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १९ करोड ८१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८.८७ प्रतिशतले घटेर ३० करोड ८१ लाख ७५ हजार रुपैयाँ हुन पुगेको छ । सञ्चालन नाफा १२.३८ प्रतिशतले घटेर २५ करोड १० लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।

चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ रहेको कम्पनीको वितरणयोग्य नाफा १३ करोड ६९ लाख २७ हजार रुपैयाँ रहेको देखिन्छ । उक्त रकमबाट कम्पनीले ११.१० प्रतिशत लाभांश वितरण गर्न सक्छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.१३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १३४.७६ रुपैयाँ छ । एनपीएल २.०७ प्रतिशत कायम भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?