National life

बजारमा पैसा फालाफाल भएसँगै सरकारले उठायो ६.३५ प्रतिशतको ब्याजदरमै ऋण

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
794Shares
बजारमा पैसा फालाफाल भएसँगै सरकारले उठायो ६.३५ प्रतिशतको ब्याजदरमै ऋण
ncell

काठमाडौं । सरकारले सस्तो ब्याजदरमा लामो अवधिको ऋण उठाएको छ । बिहीबार केन्द्रीय बैंकले ६.३५ प्रतिशतको ब्याजदरमा ६ वर्षका लागि १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको हो ।

राष्ट्र बैंकले असार २२ गते बिक्री गर्नेगरी १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ च जारी गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार दिउँसो भएको बोलकबोलमा ९४ आवेदकले कूल २९ अर्ब ४७ करोडका लागि आवेदन दिएका छन् । सरकारले कूल बिक्री गर्न चाहेको ऋणपत्रको परिमाण भन्दा झण्डै तीन गुणा बढी आवेदन परेको हो । यसले बजारमा अधिक तरलता रहेको पुुष्टि गर्छ । बजारमा लगानीको वातावरण नभएपछि बैंक तथा वित्तीय संस्था, आम नागरिकले समेत सरकारी बण्डमा सस्तो ब्याजदरमा पैसा लगानी गर्न बाध्य भएका हुन् ।

उसो त सरकारी बण्डमा लगानीको भिड बढेसँगै यता ब्याजदर समेत घट्न पुुगेको छ । यसअघि असार ५ गते ६.९३ प्रतिशत ब्याजदरमा १० अर्ब रुपैयाँ ऋण उठाएको केन्द्रीय बैंकले पछिल्लो पटक ६.३५ प्रतिशतमै थप १० अर्ब रुपैयाँ उठाएको हो । यद्यपि, उक्त विकास ऋणपत्र भने भोलि शुक्रबार बिक्री हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?