काठमाडौं । बिदेशी संयुक्त लगानीका बैंक भित्रिएसंगै गति लिएको नेपालको बैंकिंग अहिलेको अवस्थामा आइपुग्दा निकै कठिन यात्रामा गुज्रिरहेको प्रष्ट भोग्न, सुन्न र पढ्न सकिन्छ । कुनै बेला खातामा लाखौं मौज्दात राखेर बस्ने ग्राहक बैंक आएको र गुुएको पत्तै हुदैथ्यो भने अहिलेअझ सरल र सिधा अर्थमा बुझ्ने हो भने बैंकले निक्षेप राख्नेलाइ ग्राहकको रुपमा नै गन्दैन्थ्यो ।
कर्जा लिने ब्यक्ति, संस्था, कर्पोरेट हाउसहरुलाई रातो कार्पेट टेकाएर भित्र्याइन्थ्यो । त्यसपछि केहि समयका अन्तरालमा बैंकका बिशेष अवसरहरु जस्तै बार्षिक उत्सब जस्ता कार्यक्रममा यदाकदा निक्षेपका ग्राहक पनि आमन्त्रित हुन थाले ।
अहिले परिस्थिति फेरिएको छ । बैंकका कर्मचारी घर घरमा पुगेर निक्षेपका लागि ग्राहक खोज्न थालेका छन् । तैपनि कर्मचारीहरुले फुर्सद पाएका छैनन् । त्यस्तै, सोचे अनुरुप रकम बैंकका निक्षेपमा वृद्धि नै भएको छ । रकम कता गयो भन्ने बिषय छुट्टै खोजको बिषय बन्ला तर बैंकमा कर्जाको मागको तुलनामा निक्षेप नबढेको यथार्थ हो । बैंकिंग सधै एकैनाश हुदैन भन्ने कुराको यो भन्दा ठूलो प्रमाण र उदाहरण अरु र अन्त खोज्न जानु नपर्ला ।
निष्कृय कर्जाको शुरुवात
निष्कृय कर्जाको शुरुवात कर्जाको बितरण संंगसंगै भएको हो । एकातर्फ विश्व अर्थ व्यवस्थालाई कोभिडले गाज्दै गर्दा नेपाल पनि अछुतो रहन सक्ने कुरा पनि भएन । रहेन पनि । परिणाम स्वरुप देश लकडाउनको अवस्थामा पुग्यो । अर्थतन्त्र चलाएमान अवस्थामा ल्याउन कारक सिद्ध हुने रेमिटान्स, आन्तरिक उत्पादन, लगभग नगन्य अवस्थामा रहेका निर्यातजन्य उद्द्योग तथा कलकारखानाहरु बन्द अवस्थामा रहे ्त्यसको नकारात्मक असर बिस्तारै अर्थतन्त्रमा देखा पर्दै थियो ।
अर्कोतर्फ, बढ्दो सरकारी संचालन खर्च, नगण्य पूजिंगत खर्च, बढ्दो बैदेशिक ॠण भार, विलासी बस्तुहरुको अनियन्त्रित आयात, कर्जा र निक्षेपको गतिमा बढ्दो अन्तर, निक्षेपको वृद्धि भन्दा कर्जा प्रबाहको वृद्धि दर धेरै भएको अवस्था जस्ता कारणले अर्थतन्त्रलाइ बिस्तारै साँघुरो बाटोमा डोर्याउन थालिसकेको थियो । बिगत दश बर्षको सरदरलाइ आधार मान्ने हो भने निक्षेप सरदर १८ प्रतिशत र कर्जा १९ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउछ ।
बैंकहरुका लगानीमा अलिअलि दरार त्यही बेला नै उत्पन्न हुन थालिसकेका थिए तर कोभिडका राहतका कारण कर्जा फेरी एक पटक एभर ग्रिनिंग कर्जाका साँवा ब्याज चुक्ता गर्न थप कर्जा प्रदान गर्ने प्रबृत्ति, बन्न पुगे । हुन त बैंकहरुले विभिन्न बहानामा घुमाउरो तरिकाले कर्जालाई एभर ग्रिनिंग पहिलेदेखि नै गर्दै नआएका होइनन । कुनै एउटा ब्यवसाय देखाएर त्यसले खाम्ने भन्दा कैयौं गुणा बढि कर्जा प्रबाह गरेर पैसालाई फरक प्रयोजनमा लगाउन सिकाउने बैंकरहरु नै हुन् । नियमनकारी निकाएले पटक पटक विभिन्न तरिकाले नियमन र नियन्त्रण गर्न नखोजेको होइन तर लुप होलमा खेल्न पल्केका केहि बैंकहरुले लिएको अपरिपक्व अनुचित कदमले गर्दा बजारमा कमाउने मौका गुमाएर हात बाधेंर बस्न अरु बैंकहरुले पनि सकेनन ।
फलत बैंकहरुबिच छिद्र खोजेर नाफा कमाउने र आफुलाई अब्बल देखाउने खुल्ला प्रतिस्पर्धा नै चल्यो त्यसमाथि पनि गत वर्ष भन्दा यो बर्ष ज्यादा नाफा गरेर आफ्नै रेकर्ड तोड्न तल्लिन भए बैंकहरु बजारले बैंकहरुको अब्बलताको मापनको आधार तिब्र गतिमा नाफा बढाउन सक्नेलाइ मानिदियो आर्थिक जगतका स्वघोषित बिद्द्वानहरु त्यहि हावाकापछि लागे भने स्वघोषित विश्लेषकहरुको त्यसमा फरक मत रहेन ।
निष्कृय कर्जा बढ्नुमा नियामक निकाए पनी उत्तिकै जिम्मेवार छ । बैंकको पुंजी २ अर्बबाट ८ अर्ब पुर्याउन जुन दवाव शृजना भयो त्यसले बैंकलाई त्यो पुंजीको सदुपयोग गर्न उत्तिकै दवाव पर्न गयो । परिणाम स्वरुप बैंकहरु लगानीमा आक्रामक हुन बाध्य भए र निष्कृय कर्जा बढ्न मद्दत गर्यो ।
बढि नाफा कमाउने लालचमा फसेका ब्यापारीले फरक प्रयोजनमा जस्तै घर जग्गा तथा शेयर कारोवार प्रयोग गरेका लगानीले सोचे अनुरुप नाफा दिन सकेन । ग्राहकहरु भएका सुनचादी वापत कर्जा लिएर जेनतेन ब्याज बुझाउने स्थितिमा पुगे तर कति दिन ।
बैंकहरुले लगानी गरेका कर्जा असुली गर्नुपर्छ भन्ने त्यतिबेला बुझे जतिबेला बाटो फर्कन नसक्ने मोड्मा पुगिसकेको थियो । ऋणिहरुले लिएको कर्जा चुक्ता गर्नुपर्छ भन्ने त्यतिबेला बुझे जतिबेला न त बैंकले थप कर्जा उपलब्ध गराउन सक्थ्यो न त ऋणी सँग कर्जा चुक्ता गर्ने कुनै उपाय नै बांकी थियो । फलस्वरुप गत बर्षबाट प्रष्ट रुपमा देखिन थालेको निष्कृय कर्जाले यो बर्ष प्रतेक त्रैमासमा गती लियो । डेबिट ट्रयापबाट उम्कन खोजेको बैंक निष्कृय कर्जाको मारमा पर्न थाल्यो । पूर्नकर्जा उपलब्ध गराउन बन्द भए पछी शुरु भएको फ़नडिङ्ग ग्याप, तोकिएको क्षेत्रमा प्रबाह गर्नुपर्ने कर्जा, मुद्रा स्फितिको ताजा तथा निकट भविष्यमा देखापर्ने अवस्था, सरकारबाट निजी क्षेत्र बिशेष गरी निमार्ण ब्यवसायिले प्राप्त गर्न बाकी ठूलो रकम्, सरकारले लिने आन्तरिक ऋणको बढ्दो मात्राले निजि क्षेत्रलाई थप अमौद्रिकृत तुल्याउदै निष्क्रिय कर्जा बढाउन थप योगदान दिएको छ ।
बर्तमान अवस्था र निराकरणको उपाय
निष्कृय कर्जाको बर्तमान अवस्था प्रकाशित गरिएको भन्दा फरक छ । सम्पत्तिको ठूलो हिस्सा गैर बैंकिंग सम्पत्तिमा नामसारी गरी बांकी कर्जालाई अपलेखन गरेर निष्कृय कर्जाको मात्रा कम देखाईएको मात्रै हो । यो अवस्थाले थप निरन्तरता पाउने प्रशस्त आधारहरु छन । ऋणीहरुले कर्जा नतिर्न गरेको अबाज्ञा तथा आन्दोलन, कर्जा उठाउन ताकेता नगर्न बाह्य क्षेत्रबाट आउने दवाव, ऋणिको राजनैतिक पहुंच, जस्ता कारणले कर्जा उठाउन सहज हुने अवस्था छैन । परिणाम स्वरुप खर्बौ लगानी गेरेको बैंकको नाफा प्रकाशित विवरणमा अर्बौ देखिए पनि लगानी कर्ताले प्राप्त गरेको प्रतिफल शुन्य छ ।
बैंकले निष्क्रिय कर्जा घटाउन ३ वटा उपाए
अबलम्बन गर्छन पहिलो तरिका, ऋणीलाइ थप कर्जा दिएर कर्जालाई एभर ग्रिनिङ्ग गराउने दोस्रो, एभर ग्रिनिङ्ग भएको कर्जालाई अर्को बैंकलाई टांसो लगाउने तेस्रो, धितो लिलामी गर्ने लिलामी हुन नसके, आफै गैर बैंकिंग सम्पत्तिको रुपमा स्वीकार्ने ्तर, बैंकिंग क्षेत्रमा बढ्दो तरलता अभावका कारण पहिलो र दोस्रो उपाए बैंकहरुले चाहेर पनि अपनाउन सक्ने अवस्थामा छैनन् । तेस्रो उपाए पनि तरलता संगै जोडिएकोले लिलाम हुन नसक्ने वा कारगर सिद्ध नहुने सम्भावना अत्याधिक छ । साना ऋणिको हकमा इज्जतको डरले सुन, गर गहना, सस्तामा बेचेर पनि कर्जा चुक्ता गर्ने परिस्थिति आउला तर ठूला ऋणिको हकमा त्यो सम्भव छैन । अब, लिलामी हुन नसकेका सम्पत्ति गैर बैंकिंग सम्पत्तिको रुपमा ग्रहण गर्ने हो भने सम्पत्तिको ठूलो हिस्सा बैंकिंगमा थुप्रिएर बैंक एसेस्ट्स ट्रयाप बिक्रि हुन नसकी आफैले सकार गरेको गैर बैंकिंग सम्पत्तिको अत्याधिक उपस्थितिमा पर्ने अवस्थामा पुग्छ जुन बैंकको कोर उधेश्य नै होइन ।
अबको उपाए भनेको बैंकहरुबाट निष्कृय कर्जा तथा गैर बैंकिंग सम्पत्ती ब्यवस्थापना गर्ने छुट्टै सम्पत्ती ब्यवस्थापना गर्ने इकाइ गठन गरी बैकमा तरलता भित्र्याउने उपाए अबलम्बन गर्नु जरुरी छ । कर्जा नतिर्न गरिने अबज्ञा तथा आन्दोलनलाई गैर कानूनी घोषणा गर्ने, ऋणी र बैंक बिचको सम्बन्धमा तेस्रो पक्षको दवाव पर्ने नदिने, पहुंचको आधारमा एक अर्कालाई अनावश्यक दवाव शृजना गर्ने वातावरणबाट बैंकलाई मुक्त राख्ने । परियोजनालाई भएको कर्जाको सुक्ष्म नियमन जसले ऋणिलाइ फरक प्रयोजनमा प्रबाह भएको कर्जालाई परियोजनामा बिस्तारै फिर्ता ल्याउन बाध्य पार्छ । प्रभावकारी कर्जा असुली प्रणालि जसले कर्जा असुल्ने मात्रै होइन ग्राहकलाई सहजीकरण र बाहिर निस्कन सरसल्लाह र उपाए प्रदान गर्न सकोस् नियमनकारी निकाएद्वारा निष्कृय कर्जाको तोकीएको सिमा केहि हदसम्म खुकुलो गर्ने कुनै एउटा बैंक एसेस्ट्स ट्रयापमा फस्यो भने समस्त बैंकिंग प्रणालि नै समस्यामा आउने सम्भावना नकार्न सकिदैन ।
लेखक:क्षितिज


































