काठमाडौँ । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको महालक्ष्मी २०८२/०३/ २० गते बसेको सञ्चालक समितिको बैठकले अश्विनी कुमार ठाकुरलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्विनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएको बैंकले जनाएको छ ।
ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरूको बोर्ड सदस्यको जिम्मेवारीमा रही कार्य गरेको अनुभव रहेको छ ।
आज बैंकको केन्दि«य कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ठाकुरले पद बहाली गरेका छन् । साथै सोही कार्यक्रममा बैंकको सञ्चालक समिति सदस्यहरूले संयुक्त रूपमा ठाकुरलाई कार्यकालको शुभकामना दिएका छन् । उनको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र ८ लाख ग्राहकहरू रहेका छन् ।





































