काठमाडौं । सन् २००० सेप्टेम्बरमा स्थापमा भएको माछापुच्छ्रे बैंक लिमिटेडले २३ वर्ष पार गरेको छ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्श्येका साथ स्थापना भएको यस बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
५ वर्ष अगाडि अर्थात, सन् २०१८ मा बैंकको ८६ शाखा, २ एक्सटेन्सन काउन्टर, ९९ वटा एटीएम, २९ शाखारहित बैंकिङ मार्फत सेवा दिंदै आएको थियो । अहिले सन् २०२३ मा शाखा सञ्जाल १६५ पुगेको छ ।
यसका साथै बैंकले आफ्ना धेरै कार्यालयहरु मार्फत ग्राहकहरुलाई ३६५ दिने बैंकिङ तथा साँझ काउन्टर सेवाहरु उपलब्ध गराउँदै आएको छ । उच्च प्रतिष्ठित गैरआवासीय नेपाली, प्रतिष्ठित व्यवसायी तथा उद्योगी व्यवसायीहरुबाट उत्कृष्ट वित्तीय उत्पादन तथा सेवाहरु अधिकतम प्रभावकारी र व्यावसायिक रुपमा उपलब्ध गराउने सोच र समर्पणका साथ बैंकलाई प्रवर्द्धन गरिएको छ ।
बैंकले ग्राहक वर्गलाई लक्षित गर्दे विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको छ । बैंकले शाखाहरुबाट विप्रेषण रकम भुक्तानीको व्यवस्था पनि गरेको छ । बैंकको शाखा सञ्जाल बढ्दै जाँदा यसले रेमिटेन्स कारोबारमा पनि बिस्तार आईरहेको जनाएको छ ।
आईएसओ ९००१स:२०१५ पालना गर्ने संस्थाको गुणस्तर व्यवस्थापन प्रणालीलाई मान्यता दिँदै माछापुच्छ्रे बैंक लिमिटेडलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
देशभर सञ्चालनमा रहेका यो बैंकले पूर्ण विकसित राष्ट्रियस्तरका वाणिज्य बैंकहरुमध्ये एक रहेको दाबी गरेको छ । यसको लाजिम्पाटमा प्रमुख र कर्पोरेट कार्यालय रहेको छ । हाल यस बैंकले १५८४ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरको छ । यस बैंकका अध्यक्षमा उपेन्द्र महतो रहेका छन् ।
१० वर्ष अगाडि कस्तो थियो बैंकको वित्तीय अवस्था ?
१० वर्ष अगाडि अर्थात, आर्थिक वर्ष २०६९(७० मा बैंकको चुक्ता पुँजी जम्मा २ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ थियो । रिजर्भमा ३१ करोड ७३ लाख रुपैयाँ थियो । त्यसैगरी, बैंकले २७ अर्ब १३ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २१ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ कर्जा विस्तार गरेको थियो । बैंकका अनुसार त्यसवर्ष एटीएम संख्या ६४ रहेको थियो । यता, ५६२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको यस बैंकले जनाएको छ ।
यता, आर्थिक वर्ष २०७९(८० मा आइपुग्दा यस बैंकले १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ कर्जा परिचालन गरेको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्षको अन्यमा यसले १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
१० वर्ष अगाडि साढे २ अर्ब रुपैयाँ रहेको चुक्ता पुँजी अहिले बढाएर हाल ११ अर्ब ६२ करोड १३ लाख ५७ हाजर रुपैयाँ पुर्याएको छ । त्यस्तै, चालु आर्थिक वर्षको साउनमा यसले १८ करोड ८६ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
माछापुच्छ्रे बैंकको पछिल्लो ५ वर्षमा कर्जा र निक्षेप यसरी बढेको छ
स्रोत : माछापुच्छ्रे बैंक
बैंकको लाभांश दर
माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले असोज १८ गते साधारण सभा पनि बोलाएको छ । सभामा लाभांश सम्बन्धी प्रस्ताव पारित हुनेछ ।
बैंकले अघिल्लो वर्ष भने सेयरधनीलाई प्रतिफल वितरण गर्न सकेको थिएन । क्यापिटल रिक्वायरमेन्ट पर्याप्त नभएको हुँदा यसले प्रतिफल वितरणमा रोक लागेको थियो । अन्यथा, यो बैंकले पछिल्ला हरेक वर्ष लगानीकर्तालाई लाभांश वितरण गर्दै आएको छ । यसको औसत लाभांश वितरण दर १३.०७ प्रतिशत रहेको छ । जसमध्ये ९.६४ प्रतिशत बोनस सेयर र ३.४३ प्रतिशत नगद लाभांश रहेको छ । सबै भन्दा धेरै यसले आर्थिक वर्ष २०७२-७३ मा २१ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

माछापुच्छ्रे बैंकको प्राविधिक विश्लेषण
यस माछापुच्छ्रे बैंकको २३४ र २४५ को एरियामा बलियो अवरोध देखिएको छ । यदि त्यसविन्दुलाई पार गर्छ भने यसबैंकको सयेर ३१७ सम्म सजिलै पुग्ने देखिन्छ । फिबोनाची रिट्रेस्मेन्ट लगाएर हेर्दा यसको सपोर्ट २१८ विन्दुमा रहेको छ । त्यसलाई पनि ब्रेक गर्छ भने अर्को बलियो सपोर्ट २१३ मा रहेको छ । इलेट वेफबाट प्राविधिक विश्लेषण गर्ने हो भने हाल माछापुच्छ्रे बैंक वान टु( वान टुको वेभमा अगाडि बढेको छ ।

प्राविधिक विश्लेषण गर्ने इन्डिकेट ‘आरएसआईले’ न्यूट्रल जोनमा गएको संकेट गरेको छ । मंगलबारको चार्ट अनुसार आरएसआई ३६।०१ विन्दुमा रहेको छ । यो इन्डेक्स ७० पार गरेपछि सेलिङ जोन अथवा, ओभर सोल्ड जोनमा पुगेको जनाउँछ । ३० भन्दा तल छ भने बाइङ जोनमा रहेको संकेट गर्छ । अथवा, ओभर सोल्डको संकेट गर्छ ।

अरु बैंकहरुको तुलनामा कम चुक्ता पुँजी र शाखा सञ्चाल रहेको यस माछापुच्छ्रे बैंकले आफ्ना लगानीकर्तालाई पनि आकर्षक लाभांश वितरण गर्दै आएको छ । गत वर्षको नाफाबाट यसले १४ प्रतिशत प्रतिवितरण गरिसकेको छ । यस बैंकले असोज १८ गते साधारण सभा बोलाएको छ । उक्त सभामा यसले प्रस्ताव गरेको लाभांश पारित हुनेछ । निकै राम्रो व्यवस्थापन रहेको बैंकले हरेक वर्ष समयमै साधारण सभा गर्दै आएको छ ।
मर्जर वा एक्विजिसन मार्फत पुँजी बढाउने होड चलिरहेको बेला यसले भने आफैले बोनस वा हकप्रद सेयर मार्फत चुक्ता पुँजी बढाएको छ । अधिंकाश वाणिज्य बैंकहरुको चुक्ता पुँजी १५-२० अर्ब भन्दा धेरै रहेको अवस्थामा पनि यसले प्रतिष्पर्धी हिसाबले अगाडि बढेको छ ।
बिजय फुयाँल

































