National life

माछापुच्छ्र्रे बैंक बैंक र सि.बि.एल. मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
448Shares
माछापुच्छ्र्रे बैंक बैंक र सि.बि.एल. मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्झौता
ncell

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्र्रे बैंक बैंक लि.ले मलेसियास्थित सि.बि.एल.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्र्रे बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सि.बि.एल.मनी ट्रान्सफरसंग सहकार्य गरि सोमबार देखि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा सि.बि.एल. मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंक लि.का नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पछि अब मलेसियामा रहेका नेपालीहरुले मलेसिया स्थित सि.बि.एल. मनी ट्रान्सफरका १५ वटा शाखा, र सि.बि.एल. मनी ट्रान्सफरको सिटी रेमिट एप बाट MBL REMIT गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

साथै सि.बि.एल. मनी ट्रान्सफर र सिटी रेमिट एपबाट MBL REMIT गरि पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपाली कामदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप (MBL M-Smart) को सेवा पनि उपलब्ध गराएकोछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?