काठमाडौं । मङ्सिर महिनाको लागि बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको देखिएको छ ।
जस अनुसार वाणिज्य बैंक अन्तर्गत माछापुच्छ्रे बैङ्कको मात्र मुद्दती निक्षेपको ब्याजदर बढेको तथ्थांकमा उल्लेख छ। बाकी ६ वटाको भने कात्तिक महिनाकै ब्याजदर यथावत् रहेको देखिन्छ।
https://aarthikvoice.com/archives/18325
त्यस्तै आठ वटा विकास बैंकहरुले मङ्सिर महिनाका लागि औसतमा ब्याजदर घटाएका छन् । राष्ट्रिय स्तरका ती बैंकहरुले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार दुई वटा बैंक बाहेक सबै विकास बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ ।
जसअनुसार पाँच ओटा विकास बैंकहरुले मङ्सिर महिनाका लागि मुद्दती निक्षेपमा ९.४० प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् । ती बैंकको मुद्दती निक्षेपमा औसत ब्याजदर ९.७४ प्रतिशत रहेको छ ।
लुम्बिनी विकास बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकले भने कात्तिक महिनाको तुलनामा मङ्सिरमा मुद्दती निक्षेपको ब्याजदर ०.३५ प्रतिशतले बढाएर १०.६० प्रतिशत पुर्याएका छन् । उता मङ्सिर महिनाका लागि गरिमा विकास बैंकले ०.३५ प्रतिशत ब्याजदर घटाएर ९.७५ प्रतिशत कायम गरेको छ ।
साइन रेसुङ्गा विकास बैंकको पनि मुद्दती निक्षेपमा ९.४० प्रतिशत ब्याजदर कायम छ । उक्त कम्पनीको अघिल्लो महिना भने ब्याजदर १०.२५ प्रतिशत थियो । त्यसै गरी, ज्योति विकास बैंकले पनि मुद्दती निक्षेपमा ९.४० प्रतिशत ब्याजदर कायम गरेको छ । उक्त कम्पनीको अघिल्लो महिना पनि ब्याजदर १०.२५ प्रतिशत नै थियो ।
अघिल्लो महिना भने सबै विकास बैंकले मुद्दती निक्षेपमा १०.२५ प्रतिशत ब्याजदर कायम गरेका थिए। औसतमा विकास बैंकहरुको ब्याजदर पनि सिङ्गल डिजिटलमा आएको देखिएको छ । बैंकको ब्याजदर घट्दै गएकाले व्यापारिक कारोबारमा थप सहजता आउने आकलन गरिएको छ ।
केही महिनादेखि निरन्तर रूपमा औसत ब्याजदर घट्दै आएको थियो, यो क्रमले मङ्सिरमा पनि निरन्तरता पाएको देखिएको छ । कात्तिक महिनाको तुलनामा वाणिज्य बैंकहरुले समेत मङ्सिरका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।


































