काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१ दममलव ५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको जानकारी दिएको छ । समयभित्र शेयर बिक्री नभएको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।
शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।

































