National life

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
571Shares
सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । बि.सं २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहेका अधिकारीले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकिय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् ।

हालै सूचना अधिकारीमा नियुक्त भएका उनीसँग २० बर्षको बैंकिङ अनुभव रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल ब्यक्तित्व हुन् । अधिकारीले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पाेरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?