National life

सिटिजन्स बैंकद्वारा 'ग्लोबल मनी विक'को अवसरमा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ चैत २०८१, सोमबार
762Shares
सिटिजन्स बैंकद्वारा 'ग्लोबल मनी विक'को अवसरमा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
ncell

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले 'ग्लोबल मनी विक २०२५' को अवसरमा सातवटै प्रदेशमा रहेका आफ्ना ४९ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न गरेको छ।

'थिंक बिफोर यू फलो, वाइज मनी टूमरो' भन्ने मूल नाराका साथ चैत ४ देखि १० गतेसम्म सञ्चालन भएको 'ग्लोबल मनी विक' हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरी सम्पन्न गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थीमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको थियो। यससँगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो।

नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्नसमेत उक्त कार्यक्रमबाट आग्रह गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसबाट बैंकिङ प्रणाली मजबुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६७ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?