National life

सिटिजन्स बैंकद्वारा नविकरण प्रतिष्ठान नेपाललाई सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
904Shares
सिटिजन्स बैंकद्वारा नविकरण प्रतिष्ठान नेपाललाई सहयोग
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समय देखि निरन्तर रुपमा अनाथ बालबालिकाको लागी काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल (नविकरण प्रतिष्ठान नेपाल) लाई सहयोग प्रदान गरेको छ ।

विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४५ जना बालबालिकाले आश्रय लिइरहेको सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु र वाटर डिस्पेन्सर उपलब्ध गराएको हो । संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप बालबालिकालाई सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गर्दै यस्ता संस्थाले अनाथ बालबालिकाको हेरचाह र शिक्षाको लागि समाजमा उदाहरणिय कार्यमा लागेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
904SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?