National life

२३ औं वर्ष प्रवेशको अवसरमा आइएमईले गर्यो प्रभातफेरी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ जेठ २०८०, शनिबार
663Shares
२३ औं वर्ष प्रवेशको अवसरमा आइएमईले गर्यो प्रभातफेरी
ncell

काठमाडौं। स्थापनाको २२ वर्ष पूरा गरी २३ औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ । ’निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट शुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो ।

डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेम राज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरिमा ’सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य’, ’रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढि कर्मचारीहरुको सभागिता रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रभातफेरिमा चर्चित कलाकार तथा आइएमईका ब्राण्ड एम्बेसडर दीपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी थिए ।

प्रभातफेरीको उद्घाटन गर्दैै अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिटेन्स भित्रयाउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्नुहुने सम्पुर्ण सेवाग्राहीहरु, नियामक निकायहरु तथा कर्मचारीहरुलाई कृतज्ञता व्यक्त गरे । हरेक वर्ष जेठ २९ गते आइएमईले आफ्नो स्थापना दिवसको अवसरमा सचेतना मुलक प्रभातफेरी आयोजना गर्दै आएको छ ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २३औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पुर्याउदैं आईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
663SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?