National life

लक्ष्मी सनराइजको नाफा ३ अर्ब ११ करोड, लाभांश क्षमता कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|३१ साउन २०८३, आइतबार
1.1kShares
लक्ष्मी सनराइजको नाफा ३ अर्ब ११ करोड, लाभांश क्षमता कति ?
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । यस आधारमा बैंकको खुद नाफा २३.२६ प्रतिशतले घटेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नाफामा कमी आए पनि बैंकको मुख्य आम्दानीका स्रोतमा भने सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७९ प्रतिशतले बढेर ११ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कमिसन तथा शुल्कबाट प्राप्त आम्दानी १२.३८ प्रतिशतले वृद्धि भएर २ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

चुनौतीपूर्ण वित्तीय वातावरणका बाबजुद बैंकले ३ अर्बभन्दा बढी खुद नाफा कायम गर्न सफल भएको छ । ब्याज तथा गैरब्याज आम्दानीमा भएको वृद्धिले आगामी दिनमा नाफा सुधारका लागि सकारात्मक आधार तयार भएको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी ११.६४ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ तथा इक्विटीमा प्रतिफल ६.७२ प्रतिशत कायम भएको छ । त्यस्तै, बैंकको मूल्य–आम्दानी अनुपात १८.४८ गुणा रहेको छ ।

वित्तीय सूचकतर्फ बैंकको पूँजीकोष अनुपात १२.०३ प्रतिशत, तरलता अनुपात ३०.३२ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७४.७७ प्रतिशत रहेको छ । बैंकको कोषको लागत ३.२८ प्रतिशत, आधार दर ५.०५ प्रतिशत र स्प्रेड दर ३.२२ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात भने ५.२३ प्रतिशत पुगेको छ । बैंकको चुक्तापूँजी २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा १ अर्ब ९६ करोड रुपैयाँ र रिजर्भमा १९ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । यसअनुसार बैंकको लाभांश क्षमता ६.७९ प्रतिशत रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?