National life

माछापुच्छ्रे बैंकको शेयरमा यी लगानीकर्ताको दबदबा, सबैभन्दा ठूलो हिस्सा कसको?

माछापुच्छ्रे बैंकमा ५१.५२% शेयर १८ ठूला शेयरधनीको

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
390Shares
माछापुच्छ्रे बैंकको शेयरमा यी लगानीकर्ताको दबदबा, सबैभन्दा ठूलो हिस्सा कसको?
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शेयर स्वामित्वमा ठूला शेयरधनीको प्रभाव उल्लेख्य देखिएको छ। बैंकको वार्षिक प्रतिवेदनअनुसार ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीको संख्या १८ रहेको छ।

Royal Enfield
nic asia capital

बैंकले आगामी असोज २८ गते बोलाएको २८औँ वार्षिक साधारणसभाका लागि सार्वजनिक गरेको विवरणअनुसार यी १८ ठूला व्यक्तिगत तथा संस्थागत शेयरधनीको संयुक्त स्वामित्व बैंकको कुल शेयरको ५१.५२ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो हिस्सा ५१.६५ प्रतिशत थियो।

बैंकको सबैभन्दा ठूलो शेयरधनीका रूपमा कर्मचारी सञ्चय कोष रहेको छ। कोषसँग बैंकको ९.२४ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यसपछि प्रेम कुमारी केसीको ८.६९ प्रतिशत र व्यवसायी सुरेन्द्र महतोको ७.७४ प्रतिशत शेयर हिस्सा रहेको छ।

त्यस्तै, राम आशिष साहु सुडीको ४.२४ प्रतिशत, डा. धर्मराज श्रेष्ठको २.०३ प्रतिशत, वीरेन्द्रप्रसाद महतोको १.५८ प्रतिशत र करण मोटर कम्पनी प्रालिको १.५१ प्रतिशत शेयर स्वामित्व रहेको बैंकले जनाएको छ।

बैंकको शेयरमा केसी परिवारको समेत उल्लेख्य उपस्थिति देखिन्छ। प्रेम कुमारी केसीबाहेक रोशन केसी र किरण केसीको समान १.४८ प्रतिशत तथा प्रकाश केसीको १.२९ प्रतिशत शेयर रहेको छ। यी चार जनाको प्रत्यक्ष शेयर स्वामित्व जोड्दा करिब १३ प्रतिशत पुग्छ।

यसैगरी, राम जानकी इन्भेष्टमेन्ट एन्ड पेट्रोलियम सप्लायर्सको ०.९९ प्रतिशत, एसोसिएटेड अटोमोबाइल्स र सन नेपाल लाइफ इन्स्योरेन्सको समान ०.८६ प्रतिशत, प्राणेश्वर पोखरेलको ०.७२ प्रतिशत, श्री हिमालयन इन्टरप्राइजेजको ०.६१ प्रतिशत तथा दिनेशलाल श्रेष्ठको ०.५१ प्रतिशत शेयर रहेको छ।

ठूला शेयरधनीमध्ये कृष्ण गोपाल श्रेष्ठ र पीकेआर इन्भेष्टमेन्ट कम्पनी प्रालिको स्वामित्वमा भने सामान्य कमी आएको छ। श्रेष्ठको शेयर हिस्सा १.७५ प्रतिशतबाट घटेर १.६४ प्रतिशत तथा पीकेआर इन्भेष्टमेन्टको ६.०७ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा झरेको छ।

यसैबीच, असोज २८ गते हुने बैंकको वार्षिक साधारणसभामा गत आर्थिक वर्षको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा लाभांशसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी छ। बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
390SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?