काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रविन सिजापति नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार सिजापतिलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।


































