National life

विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार आजदेखि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१३ दिन अगाडि|२१ भदौ २०८३, आइतबार
974Shares
विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार आजदेखि
ncell

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ। प्राप्तिपछि स्वरोजगार लघुवित्तले आजदेखि दुवै संस्थाको एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले आवश्यक कानुनी प्रक्रिया पूरा गरी विन नेपाललाई प्राप्ति गरेको हो। यसका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृतिसमेत प्राप्त भएको संस्थाले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राप्तिपछि विन नेपालका सम्पूर्ण सम्पत्ति, दायित्व तथा सम्भावित दायित्वहरू स्वरोजगार लघुवित्तले व्यहोर्नेछ। दुवै संस्थाको कारोबारलाई एकीकृत गरी आजदेखि एउटै संस्थाका रूपमा वित्तीय सेवा सञ्चालन गरिनेछ।

एकीकृत कारोबार सुरु गर्नुअघि आज दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवाहरू एक दिनका लागि बन्द रहने जनाइएको छ।

प्राप्तिपछि संस्थाको नाम ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम छ। संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहनेछ।

यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?